देउवापुत्र जयवीर र शिवानाको इन्गेजमेन्ट, बिहे माघमा

5

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।

जयविरले कभर सिंगर शिवाना श्रेष्ठसँग काठमाडौंमा केही साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक स्रोतका अनुसार उनीहरूको इन्गेजमेन्ट गत जेठ १ गते सम्पन्न भएको थियो।

उनीहरूको इन्गेजमेन्टको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक भएको हो। शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राममा स्टोरीमार्फत तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन।’

पारिवारिक स्रोतका अनुसार उनीहरूको इन्गेजमेन्टमा औंठी साटासाट भएको र बिहे माघमा गर्ने तयारी छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू