देउवालाई ओलीको आग्रह – बसौँ न, कुरा गरौंन

9
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।

प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले करारनामा गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन र मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावको समर्थन गर्दै कांग्रेसले अरूलाई अस्थिरता निम्त्याएको आरोप लगाउन नमिल्ने बताएका हुन्।

‘मैले २०७३ साल साउन यसै रोस्ट्रमबाट भनेको थिएँ। अस्ति उद्धरण नभनी तर उद्धरण जस्तै गरेर भन्नुभयो– नयाँ समीकरणमा आएका मित्रहरूलाई होस् रहोस्। मैले त्यतिबेलै भनेको थिएँ,’ उनले भने, ‘संविधान जारी गरेपछि हामीले नै नेपाली कांग्रेसलाई दुई–चार सिट बढी भएको नाताले प्राथमिकता पाउनुपर्छ भनेको थिएँ। त्यतिबेला लिखित सहमति भएको थिएन। तर संविधान जारी भएपछि नेपाली कांग्रेस आफैं उम्मेदवार बन्यो।’

‘कांग्रेस वाचाबन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएजस्तो प्रस्तुति सुन्दा आश्चर्य लाग्यो,’ उनले भने, ‘अस्थिरताको खेती यहाँहरूले गर्नुभएको हो। पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा तपाईंहरूलाई अस्थिरता लागेन।अहिले १४ महिनापछि सरकार परिवर्तन हुँदा केको अस्थिरता? पोहोर त भएको थिएन त, तपाईंहरूले अस्थिरता नगरिकन, शान्तिपूर्ण ढंगले सरकार परिवर्तन गरेको होइन!’

उनले अगाडी भने कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न ।

रोष्टमबाट ओलीले यसो भनिरहँदा देउवा भने मुसुमुसु हाँसेर मुन्टो हल्लाईरहेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू