देउवाविरुद्धको उम्मेदवार सहमतिमा टुङ्गो लगाउने पौडेल समूहको निष्कर्ष

40

काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकहरूलाई तीव्रता दिएका छन् ।

काठमाडौंको एक पार्टीप्यालेसमा भएको भेलामा बरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो ।

भेलाबाट कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानबिन गरी छिट्टै टुङ्गो लगाउनुपर्नेमा जोड दिएको तथा देउवाका विरुद्धमा सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता अर्जुननरसिंह केसीले बताए ।

आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरीने उनको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछी उनी विरुद्ध लड्न पौडेले समूह सक्रिय बनेको छ ।

समाचार वर्गहरू