देउवा–प्रचण्ड दुई दुई वर्ष र माधव एक वर्ष प्रधानमन्त्री हुने तयारी

14

काठमाडौं – निर्वाचन परिणाम सकिनै लाग्दा भावी प्रधानमन्त्रीको बारे सर्वत्र चर्चा सुरु भएको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने’ निश्चित देखिएको छ ।

कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘पालैपालो प्रधानमन्त्री बन्नेगरी प्याकेज’मै सहमति खोज्नेगरी उनीहरूबीच ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको स्रोतको दाबी छ ।

कांग्रेस नेतृत्वको गठबन्धनका शीर्षनेता ‘भावी सरकार गठन’को आन्तरिक गृहकार्यमा लागिसकेका छन् । उनीहरूले गठबन्धन दलकै नेतृत्वमा ‘भावी सरकार बन्ने’ दाबी गर्दै आएका छन् ।

यद्यपि, गठबन्धन दलको निर्णय र समर्थनले मात्रै कांग्रेसले प्रधानमन्त्री पद पाउने भएकाले बढी सम्भावना भने कांग्रेस सभापति शेरबहादुर देउवाकै देखिएको छ । स्रोतका अनुसार पछिल्ला दिन कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच ‘गठबन्धनकै सरकार बनाएर अघि बढ्ने’ सहमति हुनुका साथै उनीहरू पालैपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा ऊनै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले सरकार गठनमा आफूहरूको पनि दाबी रहने बताउदै आएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू