काठमाडौं – महोत्तरीमा घर बनाउने विषयमा विवाद हुँदा देवरले कोदालोले हिकाउँदा गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएको छ।
जिल्लाको औरही नगरपालिका– ४ कबिलासानिवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षीया भाउजू रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए।
कोदालोले हिर्काउँदा गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारका लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कोदालो प्रहार गर्ने देवरलाई भने प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको छ।