काठमाडौं – नेपाल ह्याचरी उद्योग संघले आइतबार (आज)देखि ब्रोइलर कुखुराको चल्ला उत्पादन बन्द गरेको छ । लागतअनुसार मूल्य नपाएको भन्दै संघले आजदेखि १० दिनसम्म चल्ला उत्पादन बन्द गर्ने भएको हो ।
एउटा चल्ला उत्पादन गर्न लागत करिब ५५ रुपैयाँ लागे पनि ३० रुपैयाँभन्दा कममा बेच्न परिरहेको संघले जनाएको छ ।
संघले आजदेखि १० दिनसम्म कुनै पनि ह्याचरीले चल्ला ननिकाल्ने, ह्याचरी मेसिनमा राखिएका अण्डा नष्ट गर्ने तथा ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने निर्णय गरेको छ ।
नेपालमा ३ सय वटा ह्याचरी उद्योग छन् जसबाट हप्तामा करिब ४५ लाख चल्ला उत्पादन हुन्छ ।