देशभर १ लाख २८ हजार भन्दा बढीले लगाए कोरोना खोप

21

काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन् ।

मंगलबारसम्म ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू