काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाइ फोन मार्फत धम्काउने कमल खड्का पक्राउ परेका छन् ।
सामाजिक संजालमार्फत सार्वजनिक भएपछी जिल्ला प्रहरी परिसर काठमाडौँले आज शनिबार खडकालाई काठमाडौंको शंखमुल बाटप्रक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सथायी घर भई हाल काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।