दोश्रो दिन नेपालको प्रदर्शन निराशाजनक

12

(काठमाडौं) – नेपाली खेलाडीहरुले योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को दोश्रो दिन बिहीबार नेपाली दर्शकलाई खुशीयाली प्रदान गर्न सकेनन् । पहिलो दिन जित निकालेर आशाको दीयो बालेका दिपेश धामी र बिष्णु कटुवालले दोश्रो दिन उक्त लयलाई कायम राख्न सकेनन् ।

बिष्णु कोरियाका यु जिन सोन संग २३¬–२१, २१–१७ ले पराजित हुन पुगे । यस्तै दिपेशले पनि आफ्नो लयलाई समात्न सकेनन् । उनी भियतनामका खेलाडी साव सुङ्ग फामसंग २१–१३, १७–२१, २१–४ ले पराजित हुन पुगे । फाम यस च्याम्पियनसिपमा छैटौं वरियता प्राप्त खेलाडी हुन् ।

यस्तै, अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका नविन श्रेष्ठ दोश्रो दिन निकैनै प्रतिस्पर्धात्मक खेलमा भारतका सहर्ष मोहनलाई जित सुम्पन बाध्य भए । पहिलो सेट २९–२७ मा हराएर नेपाली दर्शकलाई उत्साहित बनाएका नविन दोश्रो र तेश्रो सेटमा २१–१८, २१–१८ को समान अन्तरले पराजित हुन पुगे ।

यसैगरि हारलाई आत्मसाथ गर्ने क्रममा महिला एकलमा सिता राई थाईल्याण्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुक संग २१–३, २१–४ ले पराजित भईन् । अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी थिईन् । यसैगरि अघिल्लो दिन भुटानकी संझना गुरुङ्गलाई २१–६, २१–१२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी निता लम्साल दोश्रो चरणमा भारतकी मुग्धा आग्रेसंग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।

पुरुष युगल तर्फ पनि नेपाली खेलाडीहरु पछाडी परे । जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडी संग २१–१०, २१–११ले, दिपेश धामी र रत्नजित तामाङ्गको जोडी थाईल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाईसोङ्ग संग २१–१२, २१–११ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडी संग २१–१२, २१–११ ले तथा बिकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडी संग २१–१२, २१–१४ ले पराजित भए ।

मिश्रीत युगलमा पनि नेपाली खेलाडरुको प्रदर्शन राम्रो रहन सकेन । रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडीले पनि पराजयको निरन्तरतालाई रोक्न सकेनन् । श्रेष्ठ र राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडी संग २१–१४, २१–१२ हार ब्यहोरे । यस्तै विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१-१६, २१-८ ले पराजित भए । यसका साथै नेपाली खेलाडीहरुको च्यालेञ्जमा प्रतिस्पर्धा समाप्त भएको छ ।

समाचार वर्गहरू