धनगढीका एक हजार घर डुबानमा, ३ घर परिवार विस्थापित

83

काठमाडौं – आईतवारदेखि परेको अविरल वर्षाका कारण धनगढी नगर क्षेत्र भित्रका करिब एक हजार घर डुबानमा परेका छन् ।

सोमवार विहान १२ बजेसम्म परेको अविरल वर्षाले धनढी क्षेत्र भएर बग्ने नालाहरुमा पानीको मात्रा बढी भएपछि पानी केही पसल र घरहरुमा पसेको थियो। अविरल वर्षाका कारण आएको वाढीले धनगढी बजारको रातोपुल, एलएनचौक,शिवनगर र क्याम्पस रोड क्षेत्र बढी प्रभावित भएको थियो ।

विहान उज्यालो भएपछि बाढी आएकाले मानीवय क्षति  भने नभएपनि  घरमा पानी पस्दा अन्नपात ,लत्ता कपडामा क्षति भएको छ भने धनगढी बजारका केही पसलहरुमा पानी पस्दा भने क्षति भएको ब्यावसायीहरुले बताएका छन् ।

कैलाली नाल र सेतो पुलको नालामा धनगढी उपमहानगरपालिका उत्तरको गोदावरी नगरपालिका क्षेत्रको पानी समेत यी नालामा आउने भएकाले धनगढीमा डुवान भएको स्थानीय बासिन्दा शेरबहादुर बस्नेतले बताए । शिवनगर , रातोपुल क्याम्पस रोड क्षेत्रमा बढी डुबान हुन पुगेको उनले बताए ।

धनगढी उप महानगरपालिकाका  वार्ड नम्बर १,२,३,४,५,७ र ८ नम्वर वडा बढी प्रभावित भएका छन् । मोहना नदीमा खतराको संकेत भन्दा बढी पानी आएकाले धनगढी क्षेत्रका नालाहरुको पानी थुनिएकाले धनगढीमा डुबान भएको हो ।

यस्तै महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ। अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतबार साँझ ५ः४५ देखि सोमवार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो ।

समाचार वर्गहरू