धनगढीमा बसेर अभियान अघि बढाउँदै भिम रावल

88

काठमाडौं – नेकपा एमालेबाट निकालिएपछी मातृभूमि जागरण अभियान सञ्चालन गरेका भीम रावल अब धनगढीमा बसेर अभियानलाई अगाडि बढाउने भएका छन्।

केही दिन यता सुदूरपश्चिम केन्द्रीत अभियान सञ्चालन गरिरहेका उनी धनगढीमा बसेर अभियानलाई अगाडि बढाउने भएका हुन्। एमालेबाट कारबाहीमा परेपछि रावलले मातृभूमि जागरण अभियानकाे नेतृत्व गरि देशभरिमै राजनीतिक रुपमा सक्रिय छन्।

झापाबाट अभियान थालनी गरेका रावलले पछिल्लो समयमा गृह प्रदेशमा अभियानलाई तिब्रता दिएका छन्। डडेल्धुरामा रावलले जिल्लास्थिति विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई भेटेका छन्।

डडेल्धुराकाे होटल राइनोमा उनले नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस (वीपी) का नेता/कार्यकर्ता भेटेका थिए। भेटका क्रममा रावलले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेको बताइएको छ।

डडेल्धुराबाट धनगढी गएका रावलले आफू अब केहि समय धनगढीमा बसेर अभियानलाई तिब्रता दिने बताएका थिए।

समाचार वर्गहरू