धनगढी उपमहानगरले बडीमालिकामा पहिलोपटक डोल पठाउने

90

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकाले पहिलोपटक बाजुरास्थित धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका डोल पठाउने भएको छ। बाजुराको बडीमालिका मन्दिरका लागि धनगढीले सरकारी डोल पठाउने भएको हो।

नगर प्रमुख गोपाल हमालले पहिलोपटक पूजा सामाग्रीसहितको सरकारी डोल पठाउने तयारी गरेको बताए। उनले भने, ‘धनगढीमा सबै जिल्लाका मान्छेहरू छन। धनगढीका नागरिकको श्रीवृद्धिका लागि डोल पठाउने भएका छौँ।’

नगर प्रमुख हमालले भने, ‘धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो। एक मात्र उपमहानगर पनि हो। धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको छ। बडीमालिका प्रति धेरैको आस्था रहेको छ। हामी पूजा सामाग्रीसहित सरकारी डोल पठाउँछौँ।’

धनगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने भएका हुन्। राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र चन्द्रनाथको पल्टन जुम्लाबाट बडीमालिका पठाउने परम्परा छ। बाजुरा जिल्लाले पनि पछि डोल पठाउन थालेको हो।

समाचार वर्गहरू