धनगढी प्रिमियर लिगको चौंथो संस्करण फागुनमा

11

काठमाडौँ – धनगढी प्रिमियर लिग डीपीएलको चौंथो संस्करण आगामी फागुनमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीले बिहीबार विज्ञप्ति जारी गर्दै डीपीएलको चौंथो संस्करण आगामी फागुन फागुन ३ देखि १५ (फेब्रुअरी १५ देखि २७) गते सम्म हुने जानकारी गराएको हो ।

डीपीएलका सबै प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने निर्णय आयोजकले गरेको छ । एकेडेमीका अध्यक्ष सुवास बी शाहीले डीपीएलको चौंथो संस्करण पनि सफलतापूर्णक सम्पन्न गर्ने योजना बनाएको बताए ।

क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा डीपीएलको चौंथो संस्करण आयोजना गर्न लागेको हो ।

६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले उपाधि जतेको थियो । देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो ।

सिटी बेस फ्रेन्चाईज क्रिकेटको आधारमा पहिलो संस्करणबाट देशमै तरंग ल्याउँदै नेपाली क्रिकेटलाई नै माथिल्लो स्तरमा पुर्‍याउन मद्दत गरेको डीपीएललाई यसपाली अझ बृहत् र भव्य रुपमा आयोजना गर्ने आयोजकले जनाएको छ ।

समाचार वर्गहरू