धनुषामा शंकास्पद वस्तु भेटियो

57

जनकपुर –धनुषाको धनुषाधाम नगरपालिका– ५ स्थित श्री उच्च माध्यमिक विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ । विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद वस्तु फेला परेको हो ।

विद्यालय क्षेत्रमा प्रहरी परिचालन गरि सर्वसाधारणलाई त्यस क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ ।

जनकपुरधामको बाह्रबिघामा पुस ३ गते हुन लागेको एनसेल मेलालाई लक्षित गरी विप्लव समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शुक्रबार मात्र धनुषाको छिरेश्वरनाथ नगरपालिकामा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार आइतबार रातिदेखि आज बिहानसम्ममा तीन ठाउँमा शंकास्पद बस्तु फेला परेको छ ।

समाचार वर्गहरू