(जनकपुरधाम) – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोट घटनाका मृतकका परिवारलाई प्रदेश २ सरकारले राहत उपलब्ध गराउने भएकाे छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अाइतबार पीडित परिवारसँग भेटी घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतकका परिवारलाई राहत समेत उपलब्ध गराउने बताए ।
मृतकका परिवारलाई उपलब्ध गराईने रकम बारे अब बस्ने मन्त्रिपरिषदकाे बैठकबाट निर्णय गरिने उनले बताए ।
घटनास्थल पुगेकाे टाेलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधीवक्ता दिपेन्द्र झा, प्रदेशसभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो ।
गत शुक्रबार भएकाे बम विस्फाेटमा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको थियाे । घाइते चार जनाकाे धरानमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।