धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

109

काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।

गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए ।

न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयसमेत निस्तेज हुने अवस्थामा पुगेको छ ।

त्यसो हुँदा साहको उम्मेदवारी यथावत हुँदै उनले पाएको मत स्वभाविक हुने अवस्था आउनेछ ।

साहको उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा उनलाई सर्वाधिक भोट आएको थियो । तर, उनलाई आएको सबै भोट बदर मानेर निर्वाचन आयोगले दोस्रो सर्वाधिक मत ल्याउने नेकपाका मातृका यादवलाई विजयीको प्रमाणपत्र दिएको छ । सर्वोच्चको निर्णयपछि को विजयी भन्नेमा थप जटिलता उत्पन्न हुने देखिन्छ ।

समाचार वर्गहरू