धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

97

काठमाडौं – निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई प्रमाण पत्र हस्तान्तरण गरेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

वित्तीय संस्थाले कालोसूचीमा राखेको कारण निर्वाचन आयोगको निर्देशनमा धनुषा–१ का निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको थियो । तर उम्मेदवारी खारेज भइसकेको अवस्थामा पनि साहले मत प्राप्त गरेका थिए ।

मतगणनाअनुसार साहले ३० हजार ४९१ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारमध्ये नेकपाका मातृका यादवले १० हजार ४३०, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२, नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३२५ तथा राप्रपाका मनोज मल्लले ३ हजार ७१८ मत प्राप्त गरेका थिए ।

समाचार वर्गहरू