धरौटी बुझाएर छुटे प्रहरी कुट्ने विद्यार्थी नेता

90

काठमाडौं– ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता धरौटी बुझाएर छुटेका छन्। सोमबार जिल्ला अदालत काठमाडौँले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीश हर्कबहादुर केसीको इजलासले रमेश फुलारालाई १५ हजार तथा  कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

इजलासले पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०-१० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।

उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए ।

अनेरास्ववियूका नेताहरूको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।

समाचार वर्गहरू