धादिङको रुविभ्यालीमा जिपी फाउण्डेशनको कार्यालय स्थापना

40

काठमाडौँ – धादिङ उत्तरी क्षेत्र रुविभ्यालीमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कार्यालय स्थापना गरिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित फाउण्डेशनलाई देशका सबै स्थानीय तहसम्म लैजाने उदेश्यका साथ सोमबार रुवीभ्यालीमा शाखा कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयको फाउण्डेशनका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले उद्घाटन गरेकी हुन् । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कोइरालाले नेपालको समृद्धिको आधार कृषि, पर्यटन र प्राकृतिक स्रोत भएको बताउँदै यी तीनवटै वस्तुको सम्भावना रुविभ्यालीमा रहेको बताइन ।

रुविभ्यालीको समग्र विकासको निम्ति जिपी फाउण्डेशनले विभिन्न निकायसँग सहकार्य गरी काम गर्ने उनको भनाई थियो । काँग्रेस नेत्री कोइरालाले सोही अवसरमा नेपाली काँग्रेस रुविभ्याली पार्टी कार्यालयको समेत उद्घाटन गरेकी थिइन।

कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, जिपि फाउण्डेशन पर्यटन विभागका निर्देशक कुलबहादुर गुरुङ, जिपि फाउण्डेशन विज्ञान विभागका निर्देशक तारा बन्जाडे, काँग्रेस युवा नेता मीन तामाङलगायतको सहभागिता रहेको थियो ।

No description available.

जिपि फाउण्डेशनले रुविभ्यालीमा स्वास्थ्य सामाग्रीसमेत वितरण गरेको छ ।

समाचार वर्गहरू