धितोपत्र बजार दोहोरो अंकले उकालो लाग्यो

24

काठमाडौं – धितोपत्र बजारमा बुधबार करीब साढे ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले उकालो लागेको नेप्सेमा आज ३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ ।

बजार परिसूचक नेप्से आज १४ दशमलव ६८ अंकले उकालो लागेर एक हजार ६ सय दशमलव ९७ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सुधार देखिएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ८४ करोड रुपैयाँले वृद्धि भएको छ । हिजो ४ दशमलव १७ अंकले उकालो लागेको नेप्सेमा २ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका उत्पादन मूलक र लघुवित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी विकास बैंक कम्पनी समूहको ७७ दशमलव ९८ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ९५ कम्पनीका ४५ हजार ९ सय ८१ कारोबारबाट १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाचार वर्गहरू