धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

50

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो । अध्यक्ष नियुक्ति सिफारिसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनेको थियो ।

आवेदन दिएकामध्ये कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण आइतबार भएको हो । अन्तर्वार्तामा अर्का उम्मेदवार चिरिञ्जिवी चापागाईं भने अनुपस्थित थिए । आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको पहिले नै अन्तर्वार्ता भइसकेको थियो ।

समाचार वर्गहरू