धुलिखेलबाट २२ जुवाडे पक्राउ, ९ लाख रूपैयाँ बरामद

18

(काभ्रे) – काभ्रेकाे धुलिखेलबाट २२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । धुलिखेल ९ रानाछापस्थित एक घरमा जुवा खेलिरहेकाे अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

महेश रानाभाटकाे घरमा जुवाखेलि रहेकाे भन्ने सूचनाकाे आधारमा गएकाे टाेलीले घरधनी रानाभाट सहित २२ जनालाई पक्राउ गरेकाे डीएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा घरधनी रानाभाट, धुलिखेल ३ का भिमसेन लामा, कृष्णकुमार तामाङ, नुवाकाेट शिवपुरी ७ का सन्ताेष पाण्डे, प्रविण पाण्डे, नमाेबुद्द २ का नेमा लामा, अर्जुन तिवारी, काठमाडाैं घर भई नमाेबुद्द बस्ने रमेश तिवारी, लगायत छन् ।

उनीहरूकाे साथबाट ९ लाख ५७ हजार ८ सय ७० रूपैयाँ बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

समाचार वर्गहरू