काभ्रे – कोरोना भाइरसको संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव डा. नरेन्द्र झाले बताए ।
आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् ।योसहित काभ्रेमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष मृत्यु भइसकेको छ ।