धुलिखेल २ को वडाध्यक्षमा नेकपाका कोइराला विजयी

14

(काठमाडौं) – काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका देव कोइराला विजयी भएका छन् । कांग्रेसका दणबहादुर खत्रीलाई पराजित गर्दै कोइराला विजयी भएका हुन् ।

शनिबार भएको मतदानमा उनले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत बदर भएको छ ।

समाचार वर्गहरू