धोबीनी गाँउपालिकाको दशौं गाउँ सभा सम्पन्न, ३९ करोड १ लाख बजेट प्रस्तुत

231

राजन कुमार बानिया/पर्सा – पर्साको धोबीनी गाउँपालिकाको दशौं गाउँसभा निति तथा कार्यक्रम सम्पन्न भएको छ । गाँउसभा तिन महिना ढिलो गरेर सम्पन्न भएको हो ।

गाँउसभामा प्रस्तुत चालू आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा गाउँ सभा बाट ३९ करोड १ लाख बराबरको बजेट पारित गरिएको छ।

गाँउसभामा धोबीनी गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको आदेश अनुसार प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियारले ३९ करोड १ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेका थिए। ।

धोबिनी गाउँपालिकाको गाउँ सभा धोबिनी गाउँपालिकाको सभा हलमा भएको गाँउसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गरेका थिए । गाउँ सभामा बोल्दै गाउँपालिका अध्यक्ष चौहानले स्वास्थ्य ,शिक्षा,कृषि ,महिलाबालबालिका ,पर्यटन, भौतिक बिकास निर्माणको साथै गाउँपालिकामा साक्षरता अभियान चलाएर जेष्ठनागरिक हरु लाई समेत साक्षर बनाएर साक्षर गाउँपालीका घोषणा गर्ने बताए ।

गाउँ सभा कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्याम किसोर पटेल, भिखमपुरका सशस्त्र प्रहरीका डिएसपी रिवाज दहाल, भिस्वा बिओपिका सशस्त्र प्रहरी निरिक्षक मिन प्रसाद भटराई, वडाअध्यक्षहरु अबास मियाँ चुरिहार,राजकिसोर पटेल, देबेन्द्र पटेल मनाउर मियाँ ,कार्यापालिका सदस्य दिनेश कालवार लगायत कार्पालिका सदस्य गाउँ सभा सदस्य ,महिला सदस्य , शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, ईन्जिनियर रबिभुषन पटेल,योजना शाखा प्रमुख पप्पु पटेल ,लेखापाल धन्नजय दास , जिन्शि प्रमुख प्रदिप पटेल , प्रदिप गुप्ता ,तेजेन्द्र माली,केशराज प्रसाद कुर्मी पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा प्रमुख संजय यादवले गरेका थिए ।

समाचार वर्गहरू