नक्कली नोटसहित काठमाडौंबाट एक पक्राउ

47

काठमाडौं – नक्कली नोटसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका–५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेल रहेका छन् ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थान सहितलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पौडेलको सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

समाचार वर्गहरू