नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा

42

काठमाडौं — नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । आइतबार देखि लागू हुनेगरी बैंकको सीईओ पदबाट राजीनामा दिएको ढुंगानाले बताए ।

दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘गत आइतबारदेखि नै मेरो राजीनामा स्वीकृत भएको छ,’ उनले भने ।

२०८१ जेठ २ मा बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई २ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

समाचार वर्गहरू