नर्सिङ लाइसेन्स परीक्षा फागुन २४ गते

25

मध्यबिन्दु/काठमाडौं — नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा फागुन २४ गते हुने भएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै परिषद्ले नर्सिङ लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो ।

पि.सी.एल नर्सिङ र बि.एस्सी नर्सिङ उत्तीर्ण गरेकोहरुले लाइसेन्सका लागि आवेदन दिनसक्ने सुचनामा जनाइएको छ । परिषद्ले यसपटक ब्याचलर इन मिडवाइफरी साइन्स (बिएमएस) उत्तीर्णहरुलाई पनि परीक्षामा सामेल गर्ने भएको छ ।

लाइसेन्स परीक्षाका लागि माघ १ गतेदेखि फागुन १ गतेसम्म अनलाइन फारम बुझाउनु पर्नेछ । दोब्बर दस्तुर तिरेर भने फागुन २ देखि फागुन ८ सम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।

समाचार वर्गहरू