नलगाडको उपप्रमुख उम्मेदवारमा कांग्रेसले इन्द्रालाई उठाउने

102

काठमाडौं – नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा इन्द्रा चन्द सिंहलाई उठाउने भएको छ। आगामी मंसिर १६ गते हुने चुनावमा नलगाड नगरपालिकाको उपप्रमुख पदमा सिंहलाई उठाउने भएको हो।

जिल्ला कार्यसमिति जाजरकोटले सिंहको मात्रै नाम प्रदेश समितिलाई सिफारिस गरेको थियो। कांग्रेस कर्णाली प्रदेश संसदीय समितिको बिहीबारको बैठकले सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

नलगाडका उपप्रमुख निर्वाचित कांग्रेसकी सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो। अहिले उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइ बुहारी हुन्।

समाचार वर्गहरू