नवनियुक्त गृहसचिव न्यौपानेद्वारा पदभार ग्रहण

24

(काठमाडौं) – नवनियुक्त गृहसचिव महेश्वर न्यौपानेले आज पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकलले न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । पदभार सम्हाले लगतै न्यौपानेले गलत काम गर्ने सबैलाई कानुनी दायरमा ल्याउने प्रतिवद्धता समेत जनाए । तत्कालिन सचिव प्रेमकुमार राई अनिवार्य अबकाशमा जानु एक साता अघि पदबाट राजीनामा दिएपछि सरकारले न्यौपानेलाई गृहमा तानेको हो ।

समाचार वर्गहरू