नवलपरासीको भारतीय सिमामा झडप ६ प्रहरी सहित १० घाइते

28

(परासी) – पश्चिम् नवलपरासीको भारतीय सिमानाका प्रतापपुर ५ बसहियामा भारतबाट सामान ल्याउने क्रममा सशस्त्र प्रहरीले रोक्न खोजेपछि स्थानीय र सशस्त्र प्रहरिबिच झडप भएको छ । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो ।

सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार  ‘लकडाउनको समयमा नेपाल भारत सीमा बन्द भएको समयमा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो । ’ झडपको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

ढुंगामुढा प्रहार गर्दै अस्थायी बिटमा आक्रमण हुँदा सुरक्षाकर्मी घाइते भएका हुन् । ४ स्थानीय पनि घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।

स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए । स्थानीयले गुलेलीले ढुङ्गामुढा आक्रमण गरेका थिए ।

समाचार वर्गहरू