काठमाडौं – नवौं सिन्धुकप फुटवल प्रतियोगीताको उपाधि श्री भगवती युथ क्लव टोखाले हात पारेको छ ।
सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटवल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लवले सो उपाधि हत्याएको हो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेललाई टाइब्रेकरमा लगिएको थियो ।
उपाधि टोखा भगवती युथ क्लवले रु दुई लाख, मेडल र ट्रफि हात पारेको छ भने उपविजेता काभ्रे फुटवल संघले १ लाखमा चित्त बुझाएको छ ।
फाइनल खेलका बिजेता–उपबिजेता लगाएतका टोलीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए । खेलाडीहरुलाई बधाई दिँदै मन्त्री बस्नेतले खेलप्रेमी युवाहरुले खेलका माध्यमबाट राष्ट्रलाई चिनाउने कार्यमा लाग्न अनुरोध गरेका थिए ।
सिन्धु स्पोर्टस क्लवको आयोजनामा भएको प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको थियो ।