रासस – अफ्रिकी देश नाइजेरियामा ‘लासा’ ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको जनाइएको छ ।
जनघनत्व बढी भएको नाइजेरियामा धेरै नागरिक प्रभावित भएको र ज्यान जानेको संख्या थप बढ्न सक्ने त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।