काठमाडौं – नाईजेरियाको क्याटसिना राज्यस्थित उत्तर पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालयबाट गत साता अपहरणमा परेका ३ सय ४४ विद्यार्थी रिहा भएका छन् ।
रिहा भएका विद्यार्थीको स्वस्थ्य अवस्था सामान्य रहेको क्याटसिना राज्यका गर्भनरलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । केही विद्यार्थीहरु भने अझै पनि विद्रोहीको कब्जामै रहेको हुन सक्ने अनुमान गरिएको छ ।
नाईजेरियाको विद्रोही समूह बोको हरामले गत साता ती विद्यार्थीको अपहरण गरेको थियो । रिहा भएका बालबालिकालाई क्याटसिना राज्यमा सरकारी संरक्षणमै राखिएको छ ।
उनीहरुलाई केहीदिनभित्रै अभिभावकको जिम्मा लगाईने सो राज्यका प्रवक्ता अब्दुल लावारेनले बताए ।