नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो

82
फाइल फोटो

काठमाडौं – काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा सडक अवरुद्ध हुन पुगेको छ ।

दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो ।

सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार दुई जना यात्रुलाई सिसाले काटेर घाइते भएका छन् । उनीहरूको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन नभएको अवस्थामा आजको दुर्घटनाले झन् बढी सवारी जाम भएको छ ।

समाचार वर्गहरू