(काठमाडौं) – राष्ट्रिय गौरवको योजनामा समेटिएको नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन् ।
शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उहाँले जानकारी दिए । उनले भने, “किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ ।”
सो सुरुङमार्ग निर्माणका लागि गत ६ गते जापानको हाजमा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको थियो । ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । मुआब्जा रकम समेत गरेर सो सुरुङमार्गको जम्मा लागत २२ अर्ब हुने बताइएको छ । जम्मा रकममध्ये नेपाल सरकारले छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब मुआब्जा बापतको रकम बाँडिसकिएको छ ।
सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए । उनले भने, “फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।”
जापान सरकारको ०. १ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र ९सर्भिस सेन्टर० निर्माण हुने उनले जानकारी दिए । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।