नागरिकको सुरक्षाको ग्यारेन्टी गर्न इथियोपियालाई राष्ट्र संघको सुझाव

20

काठमाडौं – टिग्रे समूहले ७२ घण्टाभित्र आत्मसमर्पण नगरे सैनिक कारबाही गर्ने इथियोपियाको चेतावनीपछि संयुक्त राष्ट्र संघले नागरिकको सुरक्षाको ग्यारेन्टी गर्न सुझाव दिएको छ ।

ईथियोपियाको संघीय सरकार टिग्रे क्षेत्रका समूहबीच लामो समयदेखि चल्दै आएको द्वन्द्धमा हजारौं नागरिकको ज्यान गएको छ । सोही कारण आगामी द्वन्द्धमा नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न राष्ट्र संघले सुझाव दिएको हो ।

हालसम्म ३० हजार बढीले युद्धकै कारण छिमेकी मुलुक सुडानमा शरण लिन बाध्य भएका छन् ।

इथियोपियाका लागि मानव अधिकारवादी संयोजक क्याथरिन सोजीले मिकेल क्षेत्रमा बस्ने ५ हजार २५ हजार बढी नागरिक तथा अन्य स्वास्थ्यकर्मीको रक्षा हुने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

समाचार वर्गहरू