नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुला

7
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ।

यसअघि सर्वोच्च अदालतले उक्त विधेयकलाई यथास्थितिमा राख्न भनेको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकता विधेयक कार्यान्वयनको बाटोमा गएको हो।

बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएका हुन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि विवाद सुरु भएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको उक्त अध्यादेश पौडेलले कानुनी परामर्श गर्दै मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरेका थिए।

नयाँ संसद् आएपछि अघिल्लो सदनले गरेको भन्दै नागरिकता जस्तो गम्भीर विषयमा संसद्लाई छल्न नपाउने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू