काठमाडौं – नेपाली महिला टोलीले नाडेज्डा कपको उपाधिका लागि उज्वेकिस्तानको सामना गर्दैछ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको फाइनलमा नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।
४ राष्ट्र सहभागी खेलमा दोस्रो जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरमा पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेलमा अस्ति ताजकिस्तानलाई १–० ले पाखा लगाएको थियो । दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
लगातार २ खेलमा जित निकालेको उज्वेकिस्तानले लिग चरणको अन्तिम खेलमा अहिले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । ६ अंकमा शीर्ष स्थानमा रहेको उज्वेकिस्तान यसअघि नै फाइनलमा पुगेको छ भने किर्गिस्तानले यसअघिका दुवै खेल हारेको छ ।
तेस्रो स्थानका लागि आजै ताजकिस्तान र आयोजक किर्गीस्तानबीच प्रतिस्पर्धा हुनेछ ।