नायक रमित ढुंगानाका परिवार जिपलाइनमा यसरी रमाए (फोटो/भिडियो सहित)

26

राधा ढुंगाना/धुलिखेल– फिल्म माया नमार बाट नेपाली रजतपटमा उदाएका नायक रमित ढुंगाना एडभेन्चर लभर पनि हुन । गत सनिवार उनी आफ्नो १७ बर्षे छोरा र भान्जा लिएर धुलिखेल स्थित जिपलाइन पुगे ।

यश आघी बन्जी जम्प, प्याराग्लाइडिङ लगायत कैयौं एडभेन्चर गरिसकेका घुम्न औधी रमाउछन । फिल्म राजा साहेव र पृथ्वीनारायण शाहको सुटिङको दौरानमा रहेकै बेला अमेरिकामा रहेर पढिरहेका छोरा र भान्जालाई लिएर उनी घुम्न निस्केका थिए ।जिपलाईनमा रमाउँन धुलिखेल पुगेका नायक रमित ढुंगाना

टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिप लाइन दुरि ११ सय मीटर छ । ७० किलोमीटर प्रति घण्टाको औसत गति रहेकी जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्छ ।
युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भइ अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको जिप लाइनका खेल्नका लागि १३ वर्ष उमेर पुगेको हुनु पर्छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।
२०१९ फेब्रुअरी १४ देखि ब्यवसायिक सन्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुबिधा सम्पन्न रिसोर्ट निर्माण गरिएकी छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करीब करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क निर्माण गरिएको छ । जिपलाइन गर्दै लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमालको दृश्यावलोकन गर्न पाउनु यहाँको अर्को रमाइलो पक्ष हो ।

(भिडियो)

https://youtu.be/6JwrURvs5m4

समाचार वर्गहरू