नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर हस्तान्तरण

10

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग प्राप्त भएको छ ।

भेन्टिलेटर अभावमा कोभिडका बेला धेरैले ज्यान गुमाएको भन्दै आउँदा दिनमा बिरामीले अकालमै ज्यान नगुमाउन भनेर गोर्खा सेमेस्ट्रिज ट्रष्ट हङकङ र अभियन्ता द्वय युकेस राई र सञ्जय राईले अस्पताललाई ३ थान भेन्टिलेटर उपलब्ध गराका हुन् ।

नारायणी अस्पताल सामान्यदेखि कोभिड विरामी उपचार गर्ने थलो भएकाले अस्पतालमा आवश्यक रहेको स्वास्थ्य उपकरण भेन्टिलेटर उपलब्ध गराएको ट्रष्टले जनाएको छ ।

गोर्खा सेमेस्ट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले आज एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मनिष सुनुवार , महासचिव भजान्नद राई,सचिव शान्ता माया राई, कोषाध्यक्ष रञ्जु राई ,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा,भुमि व्यवस्था समितिकि अध्यक्ष विना शर्मा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, शिवजी गुप्ता, विमल पौडेल, अखिलेश साह लगायतको उपस्थिति रहेको युवा अभियन्ता रामकिशोर सिंह (पराग) ले जानकारी दिए ।

समाचार वर्गहरू