निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

2

काठमाडौं – विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले शुक्रबार एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख छ हजार छ सय रुपैयाँबराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले रु १८ करोड ६६ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुतरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो ।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए । निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ । रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू