निजगढ विमानस्थलकाे काम राेक्न सरकारलाई सर्वाेच्चकाे आदेश

15

(काठमाडाैं) – बारामा निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम हाललाई रोक्न सर्वाेच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको शुक्रबारकाे एकल इजलासले विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

एकल इजलासले दुवैपक्षलाई छलफलका लागि झिकाउदै त्यतिञ्जेल वन काट्ने, निर्माणस्थलबाट बुट्याउन हटाउने लगायतका कुनै पनि काम अघि नबढाउन भनेको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतले निजगढ विमानस्थलका लागि ५ सय वटा पुराना रुख रहेको जंगल विनाश गर्ने, रुख काट्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

समाचार वर्गहरू