नियन्त्रित लागूऔषध सहित २ पक्राउ

129

(पोखरा) – नियन्त्रित लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका २७ हमालचोकस्थित पृथ्वी राजमार्गबाट रुपन्देही गैदहवा गाउँपालिका ८ बस्ने ३६ वर्षीया गौमती सुनार समेत २ जनालाई नियन्त्रित लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट फेनारागन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पोखराबाट तालचोकतर्फ आउँदै गरेको ग.१ ज ३९७६ नम्बरको ट्याक्सीको सुरक्षा जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

साथै ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य ३ जनालाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू