(काठमाडौँ) – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुनः अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् ।
परीक्षण लगत्तै उनी निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ ।
डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि केही समय अगाडि अस्पताल गएका र आइतबारै निवास फर्किने योजना रहेको थापाले बताए । ओलीले यसअघि ग्राण्डी अस्पतालमै तीन पटक मिर्गौलाको डायलासिस गरेका छन् ।