काठमाडौं – राष्ट्रपतिको विषयमा निर्णायक वार्ता गर्न नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहित नेताहरू राष्ट्रपतिबारे छलफल गर्न बालुवाटार पुगेका हुन्।
यसअघि प्रधानमनत्री दाहालले माओवादीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए। त्यसबेला कांग्रेसका उपसभापति खड्कासमेत सहभागी रहेको बालुवाटार स्रोतले बताएको छ।
बैठकमा प्रधानमन्त्री दाहालसँगै माओवादीबाट नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि सहभागी छन्।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति माओवादीको बटम लाइन भएपनि एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री दाहाल दोधारमा परेका हुन्।
बुधबार बिहान लोसपाका नेताहरूले देउवालाई धुम्बाराहीस्थित निवासमै पुगेर भेटेका थिए । दिउँसो जसपाका अध्यक्ष उपेन्द्र यादव र त्यसपछि नेकपा एसका अध्यक्ष नेपालसहित नेताहरूबीच छलफल भएको थियो । बुधबारै बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले एसका अध्यक्ष नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए ।