काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको कथामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्मलाको हत्यापछि भएको राजनीतिक चलखेल र निर्मलाको परिवारको मनोवैज्ञानिक अवस्थालाई केन्द्रमा राखेर बनाइएको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।
रामेश्वर कार्कीको छाँयाकन र दीपक शर्माको संगीत रहेको चलचित्रमा निर्मलको भूमिकामा सन्जिवनी खरेल देखिएकी छन् । सरिता गिरीले आमा र गणेश गिरीले बाबुको भूमिका निर्वाह गरेका छन् ।
चितवन आसपासमा छायाँकन गरिएको चलचित्र नयाँ वर्षमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
हेर्नुहोस् चलचित्रको ट्रेलर