(पोखरा) – नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको गण्डकी प्रदेश युवा संयोजकमा राजेश बुढामगर चयन भएका छन् । पोखरामा सोमबार सम्पन्न संघको प्रथम प्रदेश परिषद सभाले गण्डकी प्रदेश युवा संयोजकमा बुढामगर चयन गरेको हो ।
बाँकी रहेको पदाधिकारी तथा सदस्यहरु प्रदेश समितिले मनोनयन गर्ने संघका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख हरिशरण धितालले जानकारी दिए ।
संघको गण्डकी प्रदेशका अध्यक्ष हरिबहादुर गुरुङको सभापतित्वमा तथा गण्डकी प्रदेशसभा सदस्य इन्दु थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संघका केन्द्रीय अध्यक्ष जेबी गुरुङ, महासचिव प्रदीप आचार्य, केन्द्रीय युवा अध्यक्ष हिमाल बम ठकुरी, केन्द्रीय सदस्य राजेन्द्र पुडासैनी र नेपाल टे्रड युनियम कांग्र्रेसका उपमहासचिव राजेश पालिखे लगायत उपस्थित थिए ।