निर्माण व्यवसायी महासंघमा चुनाबी रौनक, व्यवसायको भविष्य बदल्ने अभियान छु : अध्यक्ष प्रत्याशी पाण्डे

101

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वको लागि दुई जना आकांक्षी व्यवसायीहरुले सोमबार काठमाडौं छुृट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा (एडी) र महासंघका सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे समुहले आफ्नो समुहको उम्मेदवारी सार्वजनिक गरेका छन् ।

महासंघको २६ औँ साधारणसभा एवं १३ औँ अधिवेशन चैत १७ गतेदेखि काठमाडौंमा सुरु हुदै छ । गत पुस २९ गते एसोसिएटतर्फबाट ३९ जना प्रतिनिधि टुंगोमा पुगेसँगै महासंघको अधिवेशनमा सहभागी हुने ९६८ जना प्रतिनिधि टुंगो लागि सकेको छ ।

भने यसअघि नै ७७ वटै जिल्ला र प्रदेश प्रतिनिधि टुंगो लागि सकेको थियो । लामा वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र पाण्डे अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार हुन् ।

पाण्डे अघिल्लो निर्वाचनमा अध्यक्षमा रवि सिंहसँग पराजित भएका थिए । अध्यक्षका आकांक्षी लामा पीएस कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक हुन भने पाण्डे निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन् ।

आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण निर्माण व्यवसायीहरु सर्वसहमतिका आधारमा नेतृत्व गर्ने पक्षमा पनि रहेका थिए तर पछिल्लो समयमा सो निर्णयमा सहमती हुन नसकेपछि निर्वाचनमा महासंघ होमिन पुगेको छ ।

दुवै अध्यक्षका प्रत्याशी

लामाले आफ्नो टिममा वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन दाहाल, महसचिवमा शिवहरी घिमिरे र कोषाध्यक्षमा बालाजु श्रेष्ठलाई उठाएको छ ।

भने पाण्डेले आफ्नो टिममा वरिष्ठ उपाध्यक्षमा हालका एसोसिएटतर्फका उपाध्यक्ष मुकेश पन्थ (रामजी), कोषाध्यक्षमा उज्ज्वल गौतम, कोशी प्रदेश उपाध्यक्ष– धिरेन्द्र दाहाल, लुम्बिनी प्रदेश उपाध्यक्ष–सहदेब खडका, महासचिवमा बलिभद्र राना, सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ, उपमहासचिवमा मंगलबहादुर शाही रहेका छन् ।

आफ्नो समुहको उम्मेदवारी घोषणा सभामा अध्यक्षका प्रत्याशी उम्मेदवार पाण्डेले यो केवल उम्मेदवारी मात्र नभई यो निर्माण व्यवसायको भविष्य बदल्ने अभियान समेत रहेको बताएका छन् ।

उनले महासंघ लगाएत सम्पूर्ण निर्माण व्यवसायीहरुले गुमाएको साख पुनःस्थापना गर्न, महासंघमा आमुल परिवर्तनको महाअभियानमा सम्पूर्ण निर्माण व्यवसायीहरुको समस्या सुन्ने, साथमा उभिने र समाधान दिने उदेश्यको साथ परिवर्तनको लागि २६ औ साधारण सभा एवं १३ औ अधिबेसनमा आप्mनो नेतृत्वमा उम्मेदवारी घोषणा गरेको बताएका छन ।

उनले सम्पूर्ण प्रतिनिधि साथीहरुलाई अमूल्य मत प्रदान गरि आफु र आफ्नो समुहलाई परिवर्तनको बिजय यात्रामा प्रस्थान गराउन समेत सवैलाई आग्रह गरेका छन् । लामा कांग्रेस निकटका व्यक्ति हुन् ।

भने पाण्डे आफूलाई कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको लोकतान्त्रिक व्यक्तिका रुपमा चिनाउदै आएका छन् । रोशन दाहाल र बालाजु श्रेष्ठ एमाले निकट हुन भने मुकेश पन्थ कांग्रेस र मंगल शाही नेपाली कम्युनिस्ट पार्टी निकट व्यवसायी हुन ।

समाचार वर्गहरू