निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा

7

काडमाडौं – सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शैक्षिक संस्था चार दिन बन्द हुने जनाएको छ। यस्तै‚ सरकारी कार्यालय र सावजिनक निकायहरू दुई दिन बन्द हुने छन्।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो। मतदान केन्द्र भएका विद्यालयहरूमा भने मंसीर २ देखि ५ गतेसम्म बन्द हुने मन्त्रालयले जारि गरेको सुचनामा उल्लेख छ ।

आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि शिक्षण संस्था/विद्यालयहरूमा मंसीर २ देखि ५ गतेसम्म बन्द हुने मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जनाएका छन्। यस्तै‚ सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू मंसीर ४ र ५ गते सार्वजनिक बिदा हुने जनाइएको छ।

समाचार वर्गहरू